सोमबार, ३ कार्तिक २०८२

प्रतिफल भन्दा सुरक्षण र तरलता प्राथमिकतामा

समयपोष्ट २०८१ फागुन ३ गते १०:३२

Advertisement

प्रतिस्पर्धी बजारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई अग्रणी बनाउन के–कस्ता रणनीति अपनाइरहनुभएको छ ?

जीवन बीमा वित्तीय मध्यस्थता सम्बद्ध व्यवसाय भएको र आम मानिसको जीवनोन्मुख जोखिमको कारणले पर्न सक्ने आर्थिक कठिनाइलाई सम्बोधन गर्ने हुँदा गुणस्तरीय सेवा प्रवाह गर्ने रणनीति नै सबैभन्दा पहिलो कुरा हो । स्वास्थ्य प्रतिस्पर्धा तथा अद्यावधिक नीतिगत व्यवस्था पालना गर्दै व्यावसायिक गतिशीलतातर्फ उन्मुख हुने विषय व्यवसाय सञ्चालनको नियमित प्रक्रिया हो । यस अर्थमा सामान्य व्यावसायिक सिद्धान्तअनुरूपको रणनीति रहेको छ ।

अहिले पनि ठूलो पाटो बीमाको पहुँचबाहिर छ । बीमाप्रति विश्वास बढाउन कम्पनीले के गरिरहेको छ ?

के कसरी बीमा पहुँच वृद्धि गर्ने भन्ने निर्णय एकाङ्की नभई समग्र उद्योग र सरोकारवाला सबैको हो ।

Advertisement

वित्तीय क्षेत्रमा सबैको पहुँच सहज हुनुपर्छ । जीवन बीमा सुविधा प्राप्त गर्नबाट कसैले पनि वञ्चित हुन नपरोस् भन्ने कुरासँग सतप्रतिशत सहमत छु । यद्यपि, के कसरी बीमा पहुँच वृद्धि गर्ने भन्ने निर्णय एकाङ्की नभई समग्र उद्योग र सरोकारवाला सबैको हो । कम्पनी वा हामी सेवा प्रदायकहरु आम सर्वसाधारण समक्ष पुग्न आफैं र विभिन्न सङ्गठित संस्था तथा निकाय एवं अभिकर्र्तामार्फत बीमा अभिमुखीकरण गर्दै पहुँच बढाउन प्रयत्नशील रहेका छौँ । साथै, हाम्रो यो अभियान तपाईँहरू मिडिया र मिडियाकर्मीहरूबाट समेत मुखारित गर्न निवेदन गर्दछु ।

कम्पनीका हालका मुख्य योजनाहरू के–के छन् ?

परिवर्तित सन्दर्भमा विकसित नियामकीय व्यवस्था बमोजिम जोखिम न्यूनीकरण र सुशासनसम्बद्ध विषय केन्द्रित भई अघि बढिरहेका छौँ ।

जीवन बीमा व्यवसाय गर्ने कम्पनी संस्थागत सञ्चालन र व्यवस्थापन मुख्य विषय हो । परिवर्तित सन्दर्भमा विकसित नियामकीय व्यवस्था बमोजिम जोखिम न्यूनीकरण र सुशासनसम्बद्ध विषय केन्द्रित भई अघि बढिरहेका छौँ । व्यावसायिक पक्षतर्फ हेर्दा हाम्रो बजारमा परम्परागत बीमा योजना नै मुख्य रोजाइका योजना भएकोले यी योजनाहरूलाई कसरी सहज किसिमबाट आम मानिसलाई उपयोगी छन् भनेर महसुस गराउन सकिन्छ भन्ने तर्फ केन्द्रित छौं ।

मानिसका आवश्यकता दिनदिनै बढी बदलिँदैछन् । ती आवश्यकतालाई बीमा योजनामार्फत कसरी सम्बोधन गर्न सकिन्छ ?

परिवर्तित सन्दर्भमा बढ्दै गएका आर्थिक आवश्यकता वा जोखिम सम्बोधन गर्नु नै बीमा कम्पनीको लक्ष्य हो । यद्यपि, जीवन बीमा व्यवसाय गर्ने कम्पनीको आफ्नो व्यावसायिक सीमा हुन्छ भन्ने कुरा बिर्सिनु हुँदैन । मूलतः स्वीकृत मापदण्डभित्र रहेर बीमा योजना विकसित हुने हुँदा मौजुदा योजनाको स्थिति समीक्षा गर्ने र आवश्यकताअनुसार पुनरावलोकन गर्ने कार्यमार्फत नै सम्बोधन गर्न सकिन्छ ।

नेपालमा बीमा व्यवसायलाई थप प्रभावकारी बनाउन राज्यको भूमिका कस्तो हुनुपर्दछ ?

बीमा व्यवसाय सञ्चालन र व्यवस्थापनको प्रतिस्पर्धात्मक वातावरण नै राज्यबाट अपेक्षाकृत पहिलो विषय हो । व्यवसायको सञ्चालन र व्यवस्थापनमा क्रियाशील सबैलाई समुचित वातावरण आवश्यक रहन्छ ।

बीमा राज्यद्वारा नियमित र नियन्त्रित व्यवसाय हो । राज्यको सकारात्मक भूमिका नरहेमा व्यवसाय समावेशी प्रक्रियामार्फत बढोत्तरी हुन सक्दैन । यस मानेमा बीमा व्यवसाय सञ्चालन र व्यवस्थापनको प्रतिस्पर्धात्मक वातावरण नै राज्यबाट अपेक्षाकृत पहिलो विषय हो । व्यवसायको सञ्चालन र व्यवस्थापनमा क्रियाशील सबैलाई समुचित वातावरण आवश्यक रहन्छ । व्यवसाय प्रवद्र्धक र नियामकको रुपमा जति धैरै राज्यको सक्रिय भूमिका रहन्छ, त्यति धेरै बीमा व्यवसाय प्रभावकारी हुन्छ भन्न सकिन्छ ।

बीमा क्षेत्रमा प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउन राज्यको भूमिका कस्तो हुनुपर्दछ ?

प्रविधिमैत्री व्यवसाय अपेक्षातकृत छ । सेवा प्रदायकलाई यो प्रक्रियाबाट सहज पहुँच कायम गर्न सकिन्छ भन्ने लाग्दछ भने सेवाग्राहीलाई पनि प्रविधिमार्फत आफूलाई आवश्यक सुविधा सम्बद्ध जानकारी उपलब्ध भएमा सजिलो हुन्छ भन्ने लागेको हुन्छ । यस्तो आम मनोविज्ञानलाई सम्बोधन गर्न प्रविधिमैत्री अभ्यास अपरिहार्य छ । साथै, जीवन बीमा सम्बद्ध व्यवसाय व्यक्तिगत विवरणमा आधारित हुने विभिन्न गोप्य डाटाको आधारमा सञ्चालन व्यवस्थापन गर्नुपर्ने हुँदा प्रविधिको उपयोग सजिलोका लागि मात्र नभई सुरक्षित रुपमा व्यावसायिक प्रणाली विकसित गर्नेतर्फ समग्र बीमा उद्योग केन्द्रत छ । जहाँसम्म राज्यको भूमिकाको कुरा हो, यो त प्रवद्र्धनात्मक नै हुनुपर्छ ।

अहिले बीमा कम्पनीलाई पुँजीभारले थिचिरहेको छ । त्योअनुसार व्यवसाय बढाउने र प्रतिफल दिने चुनौती कत्तिको छ ?

जोखिममा आधारित पुँजी कायम गर्ने विषय नौलो विषय होइन । बीमा व्यावसायिक रूपमा सञ्चालन हुँदा नै निश्चित पुँजी कायम गरेर मात्र इजाजत पाइन्थ्यो । हाम्रो पृष्ठभूमि पनि सोही बमोजिम नै छ जहाँसम्म पूँजी वृद्धि गर्ने भन्ने कुरा हो, यो नियामकीय व्यवस्था वा कानुनी व्यवसाय हो । यसमा पूँजी वृद्धि सँगसँगै तपाईँले भने जसरी नै व्यावसायिक प्राकृतिका चुनौतीहरू रहन्छन् नै । दीर्घकालीन योजनाबद्ध किसिमले अघि बढ्नुको कुनै विकल्प रहँदैन ।

अहिले लगानीका विभिन्न क्षेत्र खोलिएका छन् तर जुन हिसाबले लगानीमा विविधिकरण आउनुपर्ने हो त्यो देखिँदैन नि ?

तपाईँले बीमा कम्पनीमा रहेको कोषको लगानी भन्नुभएको हो भने पक्कै पनि नियामकबाट लगानीको विविधिकरण गर्नुपर्छ भन्ने छ । लगानी दायरा फराकिलो बनाइएको छ । हामीले बुझ्नुपर्ने कुरा के हो भने बीमा कम्पनीले आफ्नो सम्पत्तितर्फ मात्र लगानी गर्ने होइन, दायित्वबापत ग्रहण गरेको बीमाशुल्कबाट सृजित कोषको रकम अर्थात् भुक्तानी गर्न प्रतिज्ञा गरेको रकम पनि लगानी गर्ने हो । यसर्थ, लगानीको प्रतिफलभन्दा सुरक्षण र तरलता प्राथमिकतामा रहन्छ । आफैंले जोखिम लिन सक्ने स्थितिमा लगानी निर्देशिका बमोजिम लगानी भएको पनि छ । समग्रतामा इन्सुरेन्स कम्पनीले लगानी विविधीकरण गर्ने छुट्टै बोन्डमार्फत हो । सरकारबाट बीमा कम्पनीमा रहेको कोष दीर्घकालीन उपयोग गर्ने नीति वा बीमा बोन्डको व्यवस्था भएमा मात्र लगानी विविधीकरण हुन्छ । लगानीका सबै क्षेत्रमा कम्पनीको दक्षता नरहने हुँदा बीमा कम्पनीहरू त्यस्तो सरकारी बोन्डको प्रतीक्षामा छन् ।

अहिले सरेन्डर निकै बढेको छ । यसलाई कसरी कम गर्न सकिएला ?

बीमितले स्वाभाविक कारणले समर्पण गरेको स्थितिबाहेक अन्य अवस्थामा सेवाप्रदायक र मध्यस्थकर्ता सजग रहनुपर्छ ।

तुलनात्मक रूपमा जीवा बीमा याजेनाको समर्पण स्थिति केही माथि देखिए तापनि जीवन बीमा योजनाको तय गर्दा बीमितले बीमा अवधिभित्र रद्द गर्न सक्ने अवस्था रहेको हुन्छ भन्ने बिर्सनु हुँदैन। बीमितले स्वाभाविक कारणले समर्पण गरेको स्थितिबाहेक अन्य अवस्थामा सेवाप्रदायक र मध्यस्थकर्ता सजग रहनुपर्छ । सबै सेवा प्रदायकसँग आफ्नो अनुभव हुने भएकोले एक चरणमा यस्तो स्थिति देखिए तापनि यसबाट पाठ सिक्दै क्रमशः कम गर्ने रणनीतिमा सबै पक्षले कार्य गर्नुपर्दछ भन्ने लाग्छ । समयबोध म्यागेजिनको माघ अंकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री