सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा समता फाउण्डेसनलाई आर्थिक सहयोग प्रदान

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसनलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग फाउण्डेसनमा अध्ययनरत विद्यार्थीहरूको शिक्षामा खर्च गरिनेछ।
एक विशेष कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले फाउण्डेसनका प्रतिनिधि दीपक बस्नेतलाई उक्त रकम हस्तान्तरण गर्नुभयो। सबैका लागि सहज र सुलभ शिक्षा सुनिश्चित गर्ने उद्देश्यले काम गरिरहेको समता फाउण्डेसनलाई प्रदान गरिएको यो सहयोगले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा टेवा पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
हाल १३९ शाखा तथा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गरिरहेको सन नेपाल लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य तथा समाजसेवाका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। कम्पनीले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।



























प्रतिक्रिया