शुक्रबार, २१ वैशाख २०८१

महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले लिए पद तथा गोपनियताको सपथ

समयपोष्ट २०७८ फागुन १६ गते १९:०२

Advertisement

महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सोमबार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम नेपाल राष्ट्र बैंकमा आयोजित एक बिशेष समारोहमा उपाध्यायलाई डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले पद तथा गोपनियताको सपथ गराएकी हुन् ।

फाल्गुन १३ गते सम्पन्न बैंकको बीसौ वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपक कुमार रौनीयार र सर्बसाधारण समुह (ख) बाट श्याम सुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएका थिए । सोहि दिन बसेको संचालक समितीको ५१८औं बैठकले राजेश उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।

यसैगरी सोहि मितिमा बसेको सञ्चालक समितिको ५१९ औ बैठकबाट सञ्चालक पदमा संजय गिरी, दिपक कुमार रौनीयार, श्याम सुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेललाई अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ गराए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री