शुक्रबार, २१ वैशाख २०८१

महालक्ष्मी विकास बैंकद्वारा नेपाल मानव धर्म सेवालाई सहयोग

समयपोष्ट २०७८ फागुन १६ गते १८:४५

Advertisement

महालक्ष्मी विकास बैंकले गौसालास्थित नेपाल मानव धर्म सेवा समितिलाई १५५ वटा कुर्सी हस्तान्तरण गरेको छ ।

पुतलीसडक तथा चाबहिल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो।

महाशिवरात्रिको पूर्वसन्ध्यामा नेपाल मानव धर्म सेवा समितीलाई कुर्सी हस्तान्तरण गरिएको हो । उक्त सहयोग ग्रहण गर्दै मानव धर्मका केन्द्रीय प्रमुख महात्मा चमेली बाइजीले बैंकले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गरेकी छन् ।

महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालु तथा भक्तजनहरूलाई विश्राम गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको पुतलीसडक शाखा प्रबन्धक निरञ्जन कुईकेलले बताए । बैंकले १०३ शाखाहरु मार्फत वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री