बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ ।

Advertisement

बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो ।

प्रदेशसभा सचिवालयले आज यहाँ सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ ।

यस्तै आज दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

यही फागुन ४ को सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गर्नुभएको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री