मंगलबार, ४ असार २०८१

एनआईसी एशिया बैंकमा पाइन्छ यी सेवा निःशुल्क

समयपोष्ट २०७८ फागुन १ गते १२:२६

Advertisement

देशकै सबैभन्दा ठूलो, सहज, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकको रुपमा पहिचना बनाएको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको सर्वोपरि हित तथा अधिकतम लाभलाई पनि बिशेष ध्यान दिंदै आएको छ ।

कतिपय बैंक तथा वित्तीय संस्थाहरुले आफूखुसी सेवा शूल्क लिने गरेको व्यापक जनगुनासो आईरहेका बेला एनआईसी एशिया बैंकले भने बिभिन्न १८ ओटा सेवा निःशुल्क तथा छुट दिईरहेको छ । अहिले सञ्चालनमा रहेको बैंको सर्वश्रेष्ठ बचत योजनामा बिभिन्न १८ ओटा सेवा निःशुल्क तथा छुट दिईरहेको हो ।

सर्वश्रेष्ठ बचत योजनामा ग्राहकले विभिन्न २४ वटा फाइदा लिईरहेका छन् । खातामा बीमा सम्बन्धी तीन, कर्जा सम्बन्धी तीन र अन्य १८ वटा फाइदा रहेका छन् ।

सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाइदाहरूलाई व्यापकरुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिका लागि प्रदान गर्दै बचत खातामै ८४ लाख रुपैयाँसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गरिएको बैंकले जनाएको छ । साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।

Advertisement

बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई ५ वर्षको अवधीसम्म उपलब्ध गराएको छ । सबै थप सुविधा/फाईदाहरू यसअघि सर्वश्रेष्ठ खाताहरू खोलिसकेका ग्राहकले समेत कुनै अतिरिक्त शुल्कबिना स्वतः पाउन सक्नेछन् ।

बैंकले ल्याएको यस सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाइदा सम्बन्धी विस्तृत जानकारीका लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा एसबी टाइप गरी ३४८८ मा एसएमएस पठाउन बैंकमा पठाउनुपर्ने हुन्छ ।

सर्वश्रेष्ठ बचत खातामा पाउनुहोस् यी १८ फाईदाहरू

आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने बैंकको नीति तथा रणनीति रहेअनुरुप बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ सञ्चालनमा ल्याएको प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने बताउछन् ।

बैंकले अहिले मुलुकभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

यो मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू २ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री