बुधबार, २ जेठ २०८१

१८.५० प्रतिशतले बढ्यो नेपाल टेलिकमको खुद नाफा

समयपोष्ट २०७८ माघ २९ गते १०:५२

Advertisement

नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १७ अर्ब ७२ करोड रुपैयाँ बिक्री आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १९ अर्ब २० करोड रुपैयाँ यस्तो आम्दानी गरेको छ। कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ६.८७ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको जगेडा कोष ५.२२ प्रतिशत बढेको छ।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४३ रुपैयाँ ८६ पैसाबाट ८ रुपैयाँ ११ पैसा बढेर ५१ रुपैयाँ ९७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २६.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ६२३ रुपैयाँ ८९ पैसा रहेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री