बुधबार, २ जेठ २०८१

भ्यालेन्टाईन्सको अवसरमा स्मार्टडोले ल्यायो ‘डोको भरि माया ’अफर

समयपोष्ट २०७८ माघ २५ गते १८:०८

Advertisement

भ्यालेन्टाईन्सको अवसरमा स्मार्टडोले ‘डोको भरि माया’ अफर ल्याएको छ ।

यस अफर अन्र्तगत ग्राहकहरुले आफ्ना प्रियजनहरुका लागि उपहारमा परफ्युम, स्मार्टवाच, कपल टिसर्ट तथा अन्य आकर्षक सामानहरुमा ७२५ सम्मको छुट पाउन सक्नेछन् ।

यस अवसरको अवधिमा स्मार्टडोकोसँग किनमेल गर्नुहुने ३ भाग्यशाली ग्राहकहरुले रु २५०० को स्मार्टडोको गिफ्ट कार्ड जित्न सक्ने कम्पनीले जनाएको छ । साथै सो अवसरमा ‘डोको भरि माया ट्याग एण्ड विन गिभअवे’ पनि समावेश गरिएको छ जहाँ ४ भाग्यशाली कमेन्टरहरुले स्मार्टडोकोबाट आकर्षक उपहार जित्ने मौका पाउन सक्नेछन् ।

भाग्यशाली कमेन्टरहरुले स्मार्ट हृस्ट ब्यान्ड, टोबलेरोन डार्क चकलेट र गुलावको फूल,डट एण्ड कि कस्मेटिकस्, टोबलेरोन डार्क चकलेट र गुलावको फूल, हर्नबुल वालेट र बेल्ट उपहार सेट, टोबलेरोन डार्क चकलेट र गुलावको फूल, कर्भ डिजाइन स्मार्टवाच, टोबलेरोन डार्क चकलेट र गुलावको फूल जित्न सक्ने कम्पनीले जनाएको छ ।

Advertisement

स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्टहरु छन् । ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड–१९का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्रीहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले विहान ९ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन् ।

स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोडभित्र निःशुल्क डेलिभर र रिङरोडभन्दा बाहिर तथा नेपालका सम्पूर्ण ७७ जिल्लामा निकै कम शुल्कमा सामान डेलिभरीको सुविधा पाउन सक्नेछन् ।

यो अफर माघ २६ देखि फाल्गुन १, २०७८, सम्म मान्य हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री