सोमबार, १७ वैशाख २०८१

भारत सरकारको सहयोगमा महाकाली नदीमा पक्की पुल बन्ने

समयपोष्ट २०७८ माघ १८ गते १६:४२

Advertisement

भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा पक्की पुल निर्माण हुँने भएको छ ।

भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने पुलको निर्माणका लागि भारत र नेपालबीच मंगलबार सम्झौता भएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवको उपस्थितिमा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

यस परियोजनाले नेपालको सुदुरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटिलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।

यो परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटि अनुरुप रहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री