शनिबार, १५ वैशाख २०८१

खड्गीको मुद्दामा कोरिया प्रहरीले पनि थाल्यो अनुसन्धान

समयपोष्ट २०७४ फागुन १४ गते ११:१५

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी मुछिएको मुद्दामा कोरिया प्रहरीले पनि अनुसन्धान अगाडी बढाएको छ ।

Advertisement

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा मुछिएका खड्गीले बयानका क्रममा दुई कोरियन नागरिकको नाम लिएपछि उनीहरुको विषयमा अनुसन्धान थालिएको बताईएको छ ।

खड्गीले नेपालबाट कोरियासम्म युवालाई लाने काम मात्रै गरेको र त्यहाँ एक नेपालीसहित दुई कोरियन नागरिकले सबै काम गर्ने गरेको बताएका थिए ।

सोही आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ती दुई नागरिकको बारेमा कोरियन दूतावासमार्फत कोरिया प्रहरीलाई जानकारी गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री