शुक्रबार, १६ चैत २०८०

राष्ट्रपति निर्वाचनमा कुन दलको कति मत ?, दोहोर्‍याउने तयारीमा ओली र प्रचण्ड

समयपोष्ट २०७४ फागुन १२ गते १:१८

दोहोर्‍याउने तयारीमा ओली र प्रचण्ड : प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वर्तमान राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई नै दोहोर्‍याउने पक्षमा देखिएका छन् ।

Advertisement

आजको नयाँ पत्रिकामा यो खबर छापिएको छ, साढे दुई वर्ष मात्र जिम्मेवारी सम्हालेकाले पूर्ण कार्यकाल काम गर्ने दुवैको इच्छामा ओली र प्रचण्ड सकारात्मक देखिएका हुन् ।

प्रधानमन्त्री र राष्ट्रपति कार्यालयनिकट स्रोतका अनुसार दुवै नेताबीच यसबारे पटक–पटक कुराकानी भएकाले वर्तमान राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनः दोहोरिनेमा आश्वस्त छन् ।

वाम गठबन्धनबाट तीन आकांक्षी : भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन आकांक्षी देखिएका छन् ।

त्यस्तै, वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पनि पुनः उम्मेदवार बन्ने चाहना राखेका छन् । वर्तमान राष्ट्रपति भण्डारीले ओली र प्रचण्डसँगको भेटमा दोहोरिने चाहना राख्दै आएकी छिन् ।

कुन दलको कति मत ? (तस्विरमा हेर्नुहोस्)

प्रतिक्रिया

सम्बन्धित सामाग्री