बुधबार, ५ वैशाख २०८१

अर्घाखाँची पुगेर पुर्व सभामुख घर्तीले भनिन्- योगदान अनुसार मगर समुदायले अधिकार पाएनन्

समयपोष्ट २०७७ फागुन १६ गते १७:४२

Advertisement

अशोक खनाल

पुर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य ओनसरी घर्तीले मगर समुदायले आफूहरुको योगदान अनुसार अधिकार प्राप्त गर्न नसकेको जिकिर गरेकी छिन् ।

मगर दिवसको अवसरमा अर्घाखाँचीको मालारानी गाउँपालिकाको हम्सपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद घर्तीले परिवर्तन र अधिकारको निम्ति ठुला ठुला आन्दोलनबाट ब्यवस्था नै परिवर्तन हुँदा पनि मगर समुदायले आफूहरुको योगदान अनुसार अधिकार प्राप्त गर्न नसकेको जिकिर गरेकी हुन् ।

उनले हरेक आन्दोलन पछिका परिवर्तनमा मगर समुदायको प्रतिनिधित्व हुन नसकेको भन्दै बर्तमान संबिधानले समाबेसी समानुपातिक अधिकारको ब्यवस्था गरेको भएता पनि प्रतिनिधित्व नगराइएको उल्लेख गरिन् । उनलेआफ्नो पार्टीले युद्धकालमै लुम्बिनी प्रदेशलाई मगरात प्रदेशको पहिचान गराएको भएपनि अन्य पार्टीका नेताहरुले जातिय राज्य नबनाउन बाध्य पारेको गुनासो गरिन् । उनले आफ्नो समुदायको पहिचान र अधिकारको निम्ति संबिधानमा थप संसोधन जरुरी रहेको समेत बताईन् । फरक प्रसङ्गमा अहिले भएको संसद पुनःस्थापनले ०७२ को संविधानको रक्षाा र नेपाली जनताको अदालत प्रती विश्वास र जित भएको बताईन् ।

नेपाल मगर संघ जिल्ला समिति अर्घाखाँची र मगर संघ अर्घाखाँची काठमाडौं सम्पर्क समाजले आयोजना गरेको कार्यक्रममा मगर संघका केन्द्रिय सचीव खड्क बहादुर बुढा मगर ,राष्ट्रियकर्मचारी संगठनका केन्द्रिय सदस्य राजु राना ,सितगङा नगरपालिकाका उपमेहर टीका बहादुर रेश्मी, सितगङा १० का वडा अध्यक्ष रुकेश आले मगर , मालारानी ६ का वडा अध्यक्ष नारायण अर्याल , जनता समाजबादी दलका केन्द्रिय सदस्य टोपबहादुर बलाल, नेकपा कि नेतृ छम कुमारी खनाल, नेकपा का नेता दल बहादुर भट्टराई , नेपाली काङ्ग्रेस निकट मगर नेता कृष्ण बहादुर मगर, राजमो नेता बिश्व घर्ती , मगर संघ लुम्बिनी प्रदेश सहकोषाअध्यक्ष कृष्ण सारु अर्घाखाँची काठमाडौं सम्पर्क समाज का अध्यक्ष भिम बहादुर दर्लामी लगायत को उपस्थिति रहेको थियो ।

विभिन्न झाकी सहित निस्केको जुलुस शुभकामना आदानप्रदान तथा सभा मा परिणत भएको थियो । सोही अवसरमा मगर समुदायबाट निर्बाचित जनप्रतिनिधि , लोकसेवा आयोगमा उत्रिण ब्याक्ती तथा एसइ इ माध्यमिक तथा उच्च माध्यमिक मा उत्कृष्ट विद्यार्थीहरुलाइ सम्मान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री