बिहीबार, ६ वैशाख २०८१

नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन : महामन्त्री कोइराला

समयपोष्ट २०७७ फागुन १५ गते २०:४४

Advertisement

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताउनुभएको छ ।

रेडियो मकवानपुरको आज हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा उहाँले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड–माधव पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्मा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ ।”

महामन्त्री कोइरालाले कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताउनुभयो । सो अवसरमा रेडियोको संस्थागत विकासमा उल्लेखनीय योगदान पु¥याएबापत राससकर्मी रिपेश दाहाललाई सम्मान गरिएको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री