शुक्रबार, १४ वैशाख २०८१

कोभिड-१९ बिरद्धको खोप लगाउँन जानु अघि र लगाएपछि के गर्ने ? के नगर्ने ? यस्तो छ डाक्टरको सुझाव

समयपोष्ट २०७७ माघ ३० गते १०:४६

Advertisement

नेपालमा भारत सरकारको सहयोगमा प्राप्त कोभिड-१९ बिरद्धको खोप ‘कोभिसिल्ड’ लगाउँने प्रक्रिया जारी छ । हाल दोस्रो चरणको खोप अभियान सञ्चालन भैरहेको छ ।

खोप लगाउन जाँदा कसरी जाने भन्ने बिषयमा जनस्वास्थ विज्ञ डाक्टर रविन्द्र पाण्डेले केही टिप्स दिएका छन् ।

डाक्टर पाण्डेले खोप लगाउन खोप केन्द्रमा जाँदा टाइट स्विटर, कुर्ता, हाइनेकजस्ता अप्ठ्यारा कपडा लगाउँदा समय नष्ट हुने हुँदा खुकुलो कपडा लगाउँन सुझाव दिएका छन् । यस्ता अप्ठ्यारा कपडा लगाउँदा ९० डिग्री गरेर खोप लगाउन गाह्रो हुँने हुँदा कतिपय अवस्थामा खोप लिक हुँने जोखिम हुँने समेत बताएका छन् ।

खोप लगाउन जाँदा भित्र हाल्फ टि सर्ट, बाहिर ज्याकेट लगाएमा खोप लगाउन सजिलो हुँने सुझाव उनले दिएका छन् ।

खोप लगाउन जाँदा नुहाएर, खाना र झोलिलो कुरा प्रशस्त खाएर जाँदा प्रेसर र सुगरको मात्रा कम भएर रिंगटा लाग्ने, वाकवाकी लाग्ने, चक्कर आउने सम्भावना कम हुँने उनले जानकारी दिएका छन् ।

खोप लगाउन जाँदा मानसिक रुपमा कन्भिन्स र तयार भएर पर्ने साथै शंका र कन्फ्युज भएर खोप लगाउन नहुँने उल्लेख गरेका छन् ।

खोप लगाएर आधा घण्टा खोप केन्द्रमा बसेपछि त्यो दिन आराम गर्ने, झोलिलो खाना खाने तथा धपेडी नगर्नु उपयुक्त हुँने साथै उक्त दिन सकभर मदिरा सेवन नगर्न उनले सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री