बुधबार, २ जेठ २०८१

नर्स र डाक्टरलाई रोजगारीको अवसर, नर्सको न्युनतम तलब एक लाख र डाक्टरको पाँचलाखसम्म

समयपोष्ट २०७६ फागुन १४ गते १४:०२

Advertisement

मध्यपूर्वीमा नर्स तथा डाक्टरहरुको लागि रोजगारीको अवसर आएको छ । ओमान,बहराइन,कुबेत,दुवइ,कतार लगायतका मध्येपूर्व देशहरुमा नर्स तथा डाक्टरलाई रोजगारको लागि अवसर आएको हो ।

मनास्लु इन्टरनेशनलले उक्त अवसर ल्याउन लागेको हो । मनास्लु इन्टरनेशनलले ती देशहरुमा एकसय जना भन्दा बढी नर्सहरुलाइ रोजगारको लागि पठाइसकेको छ भने केही डाक्टरहरु पनि ती देशमा गएर स्वास्थ्य सेवा दिइरहेकाछन् ।

मनास्लु इन्टरनेशनलका प्रमुख बालकृष्ण श्रेष्ठले मनास्लु इन्टरनेशनल मार्फत गएका ती नर्सहरुले एकलाख देखि तीनलाख रुपैँयासम्म कमाइरहेको जानकारी दिनुभयो । श्रेष्ठले नर्स तथा डाक्टरहरुको प्रमुख गन्तव्य अमेरीका, युरोप, अष्टेलिया रहेको भन्दै अब ती देशमा कमाई हुने पैसा दुवइ , कतार, बहराइन, ओमान, साउदी अरब, कुबेत लगायतका देशमा पनि कमाइ गर्न सकिने जानकारी दिनुभयो ।

श्रेष्ठले मध्यपूर्वका देशहरुमा डाक्टर तथा नर्सको अनुभव तथा पढाइ अनुसार नेपालको भन्दा पाँच गुणा बढी तलब हुने बताउनुभयो । पीसीएल गरेका नर्सको तलब न्युनतम ९० हजार देखि डेढ लाख सम्म तलब हुने भन्दै उहाँले विएस्सी पास गरेका नर्सले दुईलाख कमाइरहेको बताउनुभयो ।
एमबीबीएस पास गरेका डाक्टरको शुरुवाती तलब २ लाख पचास हजार भएको बताउनुभयो । उहाँले एमडी गरेका डाक्टरको हकमा भने १२ लाख सम्म तलब हुने जानकारी दिनुभयो ।

Advertisement

उहाँले मध्येपूर्वी देशहरुमा जान चाहने नर्स तथा डाक्टरहरुको लागि आवस्यक कागजात बनाउने बाहेक अन्य खर्च नलाग्ने बताउनुभयो ।श्रेष्ठले युरोप, अमेरीका,क्यानडा गएका नर्सहरु नर्फकर्ने गरेको भन्दै मध्यपूर्वी गएका डाक्टर र नर्स फर्केर पुनः देशको सेवा गर्ने बताउनुभयो । उहाँले मध्यपूर्वी देशमा भने पीआर लिन नपाइने र वर्क परमिट अवधिभर मात्र बसेर फर्किने भएकाले पनि केही सिप सिक्ने र सम्मानजनक आम्दानी गर्ने हिसाबले निकै राम्रो रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री