बुधबार, २ जेठ २०८१

साहिदसंगको ब्रेकअपबारे पहिलोपल्ट बोलिन् करीना : ‘जब वी मेट’ को गीत जस्तै स्टोरी मेरो लाईफमा पनि चलिरहेको थियो

समयपोष्ट २०७६ फागुन १३ गते १६:००

Advertisement

एक समय बलिउडमा शाहिद कपूर र करीना कपूरको प्रेम सम्बन्ध बारे निकै चर्चा थियो । तर यी दुबैले आफ्नो सम्बन्ध बारे कहिले खुलेर कुरा गरेनन् । करिनाले सेफ अलि खानसंग विवाह गरेर आमा बनिसकेकी छिन् भने सहिदले पनि मिरा राजपुतसंग विवाह गरेर दुई वटा बच्चाको पिता बनिसकेका छन् ।

यी दुबै आ आफ्नो गृहस्थीमा रमाईरहदाँ करिनाको एक भिडियो यतिबेला चर्चाको बिषय बनेको छ । जसमा उनले शाहिदसंगको सम्बन्ध र बिछोडिदाको पिडाबारे बताईरहेकी छिन् । भिडियोमा उनले भनेकी छिन् ‘जव वि मिट’को सुटिंगको दौरान देखि फिल्म’टसन’को बीचमा केही यस्तो भयो जसले गर्दा साहिद र मैले अलग अलग बाटो अपनायौँ ।

आफ्नो ब्रेक अपको बारेमा बोल्दै करिनाले जव वि मेटको गीत र आफ्नो जीवनको भोगाई उस्तै भएको बताएकी छिन् । उनले भनेकी छिन् त्यतिबेला ब्यक्तिगत र ब्यवसायिक रुपमा आफुले आफैलाई सम्हाल्न निकै गाह्रो परिरहेको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री