बुधबार, २ जेठ २०८१

मिस नेपाल २०२० को आवेदन खुल्ला

समयपोष्ट २०७६ फागुन १३ गते १२:४७

Advertisement

हिडन ट्रेजरले मिस नेपाल २०२० को लागि आवेदन खुल्ला गरेको छ ।

सोमबारबाट खुल्ला गरिएको आवेदन मार्च २७ गतेसम्म भर्न सकिने छ । आवोदन फर्म मिस नेपालको वोवसाइटमा गएर पनि नि:शुल्क भर्न सकिने छ ।

२०२० मे १५ मा नयाँ मिस नेपाल घोषणा गरिने आयोजक हिडन ट्रेजले जानकारी दिएको छ । यस वर्षको लागि भने विजेताको पुरस्कार राशी पनि बढाइएको छ । यस वर्ष विजेताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार प्रदान गरिने छ ।

मिस नेपालको अडिसन अडिसन धनगडी, नेपालगंज, बुटवल, पोखरा, चितवन, विरगंज, धरान, विर्तामोड र काठमाडौंमा हुनेछ ।

Advertisement

मिस नेपालमा सहभागी हुन १९ वर्षदेखि २६ वर्षसम्मको अविवाहित युवती हुनुपर्नेछ । ५.४ इन्च हाइट भएको नेपाली नागरिकता वा नेपाली पासपोर्ट भएकाहरुले मात्र आवेदन दिन पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री