बिहीबार, ३ जेठ २०८१

अझै अरबाजसँग भेट हुन्छ : मलाइका

समयपोष्ट २०७६ फागुन १२ गते १४:२२

Advertisement

अरबाज खानसंग सम्बन्धविच्छेद भएको लामो समयपछि पुनः एकपटक मलाइका अरोडाले त्यसको कारण खुलाएकी छिन् । उनले करीना कपूर खानको च्याट शोमा अरबाजसँग सम्बन्ध बिग्रिएको र सहमतिमै सम्बन्धविच्छेद गरेको बताइन् ।

उनले दुवैलाई विस्तारै वैवाहिक जीवन अप्ठ्यारो परिस्थितीमा पुगेको भन्ने लागेपछि सम्बन्धविच्छेद गरेको बताउँदै भनिन्, ‘हामी दुवै विवाहबाट खुशी थिएनौँ । जसको असर पुरै परिवारमा पर्न थालेको थियो । अहिले पनि महिलालाई सम्बन्धविच्छेद गर्न निकै मुश्किल कुरा हो । तर सबैभन्दा ठूलो कुरा आफ्नो खुशी निकै महत्त्वपूर्ण हुन्छ । त्यसैले हामी दुवैले सम्बन्धविच्छेद गर्ने फैसला लियौँ ।’

छोराछोरीका कारण अझै अरबाजसँग भेटघाट हुने गरेको भए पनि कुनै सम्बन्ध बाँकी नरहेको पनि उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री