बिहीबार, ३ जेठ २०८१

कबीर बेदीसंग नाम जोडिएर सन्नीको यस्तो समाचार बारिएपछि पति ड्यानियल भने- माफी माग

समयपोष्ट २०७६ फागुन १२ गते १२:३१

Advertisement

अभिनेता कबीर बेदीले सनी लियोनको मोबाइल नम्बर मागेको समाचार सार्वजनिक भएपछि सन्नीका पतिले त्यसको खण्डन गरेका छन् ।

सन्नीका पति ड्यानियल बेभरले ट्विट गर्दै भनेका छन्, ‘के कबिर मेरो नम्बर माग्न सक्दैनन् र ? कबिर र सनी एक अर्कालाई लामो समयदेखि चिन्छन् । त्यसैले कबिरसँग सनीको नम्बर पहिले नै छ । मात्र एउटा कथाको लागि यति गलत समाचार दिन जरुरी छैन ।’

कबिर बेदीले पनि ट्विटमा सन्नीको नम्बर नमागेको बताएका छन् । उनले आफूलाई बदनाम गर्नको लागि यस्तो हल्ला फैलाइएको जिकिर गरेका छन् । उनले उक्त पार्टीमा सनीका पतिको नम्बर मागेको र उनका पतिले आफै नम्बर डायल गरिदिएको उल्लेख गरेका छन् । उनले यस्तो हल्लारुपी समाचार हटाउन र माफी माग्न आग्रह गरेका छन् ।

फोटोग्राफर डब्बू रतलानीको ग्ल्यामर क्यालेन्डरको लन्च कार्यक्रममा अभिनेता बेदीले सन्नीको मोबाइल नम्बर मागेको केही भारतीय मिडियाहरुले लेखेका थिए ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री