बिहीबार, ३ जेठ २०८१

जब स्टेजमा प्रस्तुती दिइरहँदा आतिसबाजीले गायकको कपाल बल्न थाल्यो….

समयपोष्ट २०७६ फागुन १२ गते १२:१०

Advertisement

स्टेजमा प्रस्तुती दिइरहँदा आतिसबाजीका कारण एक गायकको कपालमा आगो लागेको छ । आगो लागे पनि गाउन नछाडेका उनको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अमेरिकाको डेट्राइट रक सिटीमा एक कार्यक्रमको क्रममा स्टेजमा गायक बबी जेनसनले आफ्नो ब्यान्डसँग ‘किस’ क्लासिकल शो गरिरहेका थिए ।

प्रस्तुती दिइरहँदा आतिसबाजीका कारण एउटा झिल्को बबीको लामो कपालसम्म पुग्यो जसका कारण आगलागी भयो ।

आगो लागेको कपालको भिडियो हेरेपछि जेनसनले भने, ‘यो विग होइन, मेरो सक्कली कपाल थियो । तर अब यो जलिसकेको छ । अर्को कार्यक्रम अघि मैले यो कपाल कटाउँदा नै राम्रो होला ।’

Advertisement

किस ब्यान्डको अर्को प्रस्तुती २१ फेब्रुअरीमा हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री