शुक्रबार, ४ जेठ २०८१

‘बले’ र यी टिकटक गर्लको बिवाह मिति तय

समयपोष्ट २०७६ फागुन ११ गते १३:०८

Advertisement

हाँस्य टेलिश्रृंखलाबाट अभिनयमा प्रवेश गरेका सागर लम्साल ‘बले’ र टिकटकबाट परिचित भएकी प्रिज्मा खतिवडाले विवाह गर्ने भएका छन् । स्रोतका अनुसार उनीहरुले अर्को बर्ष लगनगाँठो कस्दै छन् ।

‘भद्रगोल’ नामक हाँस्य टेलिश्रृंखलाबाट अभिनयमा लागेका सागर लम्साल ‘बले’ ले दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । सोहि क्रममा उनको प्रिज्मासँग भेटघाट भएको थियो ।

जुम्ल्याहा दिदि–बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा अहिले अभिनय क्षेत्रमा चर्चित छन् । दर्जनौँ म्यूजिक भिडियो तथा केहि चलचित्रका गीतहरुमा समेत उनिहरुले एकसाथ अभिनय गरेका छन् ।सागर र प्रिज्मा मात्र होईन प्रिज्माकी बहिनी प्रिन्सी पनि मञ्जिल बस्नेतसँगको प्रेममा रहेको चर्चा छ । मञ्जिल पनि टिकटकबाट उदाएर हाल म्यूजिक भिडियोमा अभिनय गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री