शुक्रबार, २१ वैशाख २०८१

चीनबाट फर्काइएका नेपाली बस्ने क्वारेन्टाइन भवन (फोटोफिचर)

समयपोष्ट २०७६ फागुन ३ गते १६:३३

Advertisement

सरकारले चीनको हुवेई प्रान्तबाट नेपालीहरुलाई स्वदेश फर्काउँदैछ । विमान आइतबार नेपाल वायुसेवा निगमको वाईड बडी विहान २ः१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण हुने जनाइएको छ।

चीनबाट १८७ जना नेपालीहरुलाई ल्याउने तयारी भएको हो । २७४ यात्रु बोक्न सक्ने उक्त विमानमा नेपाली सेनाका विशेष तालिमप्राप्त चार चिकित्सक पनि रहनेछन् । चालक दलका सदस्यमा तीन क्याप्टेन,छ क्याबिन क्रू, एक इन्जिनियर र एक लोडमास्टर गरी ११ जना रहनेछन् ।

विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसार सबै प्रक्रिया पूरा गरेर उनीहरू सबैलाई पठाउन लागेको निगमले जनाएको छ । चालकदलका सबै सदस्य र चिकित्सकले स्वास्थ्यसम्बन्धी तालिम पनि लिएका छन् भने भाइरस सङ्क्रमणबाट बच्नका लागि सुरक्षात्मक उपायहरू पनि अपनाइनेछ । वुहानमा पुगेपछि सबै नेपालीहरू विमानमा प्रवेश गरेपछि मात्र अन्तिममा चिकित्सा टोलीका चार जना विमानमा प्रवेश गर्नेछन् । नेपालमा विमान अवतरण भएपछि पनि सुरुमा उक्त टोलीका सदस्यहरू नै सबैभन्दा पहिले ओर्लिनेछन् । त्यसपछि उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण परिसरमा बनाएको क्वारेन्टाइनस्थल राखिने छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री