
जनयुद्ध दिवसमा सार्वजनिक विदा हुँने भएको छ।
कालिकोट जिल्लाको पलाँता गाउँपालिकाले शनिबार गाउँ कार्यपालिकाको बैठक बसी जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।
२५ औं जनयुद्ध दिवसको अवसर पारेर पलाँतामा खेलकुद कार्यक्रमसमेत आयोजना गर्ने भएको छ ।
जनयुद्धका सहिदहरुको सम्झनामा गाउँपालिकाले गत वर्षदेखि निरा स्मृति कप सञ्चालन गर्दै आएको छ। उक्त कपमा गाउँपालिका भित्रका माध्यामिक विद्यालयका बीचमा प्रतिस्पर्धा गराईने गरिएको छ। कपमा छात्रा र छात्रहरुका टिमहरुबीच छुट्टाछुट्टै भलिबल प्रतिस्पर्धा गराइने छ ।









प्रतिक्रिया