सुनको मूल्य तोलामा ४०० ले बढ्यो

आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

Advertisement

छापावाला सुन प्रतितोला ७६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको अन्तिम दिन शुक्रबार छापावाला सुन प्रतितोला ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला ८८५ रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री