सोमबार, १७ वैशाख २०८१

पहिरनका कारण ट्रोल बनिन् सोनम, ‘बुवाको अगाडी लाज लाग्दैन ?’

समयपोष्ट २०७६ माघ २४ गते १४:२२

Advertisement

बलिउड अभिनेत्री सोनम कपुर पहिरनका कारण एकपटक पुन ट्रोलको सिकार भएकी छिन् ।

मोहित सुरी निर्देशित फिल्म मलंगको स्क्रिनिङमा पिता अनिल कपुरसँग फिल्म हेर्न पुगेकी उनी कालो रङको ग्ल्यामरस पहिरनमा अनिलसँग पोज दिइरहेकी थिइन् । उक्त पहिरनका कारण उनी ट्रोलर्सको निशानामा परिन् ।

ट्रोलर्सले सोनममाथि निशाना साँध्दै भने, ‘आफ्नो बुवाको अगाडि कसैले यस्तो लुगा लगाएर उभिन सक्छ ? के उनीहरुलाई लाज लाग्दैन ?’

अर्का ट्रोलरले भने, ‘यस्तो लुगामा आफ्नो बुवासँग उभिँदा कस्तो उदेकलाग्दो देखिएको छ ।’

अर्का एक प्रयोगकर्ताले अलिकति त लाज राखसम्म भन्न भ्याए ।

नकारात्मक ट्रोल्सबाहेक केही मानिसहरुले सोनमको फेसन सेन्सको पनि तारिफ गरेका छन् ।

एक प्रशंसकले लेखे, ‘सोनम निकै राम्री देखिएकी छिन् । ’ अर्का एक प्रशंसकले लेखे, ‘बुवा, छोराको सबैभन्दा कूल जोडी । अल्टिमेट फेशन क्विन अफ बलिउड ।’

स्मरण रहोस्, सोनम कपुर यसअघि पनि पहिरनका लागि ट्रोल भइसकेकी छिन् । यद्यपि, उनको फेसन सेन्सको निकै तारिफ पनि गरिन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री