कलङ्कीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिएर फरार, दुई जनाको मृत्यु

काठमाडाैंकाे कलङ्कीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

Advertisement

बुधबार राति टिप्परले ठक्कर दिँदा घाइते भएका रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई कलङ्कीको अण्डरपासमा टिप्परले पछाडिबाट ठक्कर दिएको थियो । ठक्कर दिने टिप्पर र चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री