बेलायती नवनियुक्त राजदूतलाई प्रचण्डले भने- नेपालको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य छ

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्यका( बेलायत) नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

Advertisement

खुमलटारमा आज बिहान भएको भेटवार्तामा दुई देश बीचको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ ।

सो अवसरमा पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । पूर्व प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “तपाईँको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु, नेपालको आर्थिक समृद्धिको अभियानमा रहेको छ, देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको छ ।”

भेटमा बेलायती राजदूत पोलिटले आगामी दिनमा नेपालको विकासमा बेलायत सरकारको सहयोग जारी रहने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री