नेपाल बंगलादेश बैंकको नाफा ८० करोड ७७ लाख रुपैयाँ

नेपाल बंगलादेश बैकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८० करोड ७७ लाख ७८ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ । खुद मुनाफा गत आर्थिक वर्षको सोहि अवधिको भन्दा १.८२ प्रतिशतले बृद्धि भएको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ४३ करोड ८१ लाख ३२ हजार रहेको छ ।

Advertisement

बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड ५२ लाख रहेको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ३९ करोड ६५ लाख खुद ब्याज आम्दानी गरेको थियो । बैंकको संचालन आम्दानी १ अर्ब ९२ करोड १८ लाख रहेको छ । बैंकको संचालन मुनाफा १ अर्ब १२ करोड ७० लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको संचालन मुनााफा १ अर्ब ५ करोड १७लाख रहेको थियो। पुष मसान्त सम्ममा ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ३ अर्ब ६८ करोड १३ लाख ७७ हजार राखेको छ । यस्तै बैंकको संचित कोषमा ८८ करोड १८ लाख २८ हजार रहेको छ ।

गत आर्थिक वर्षको पुष मसान्तमा ५९ अर्ब ७६ करोड ४७ लाख निक्षेप संकलन गरेको बैंकको चालु आर्थिक वर्षको समिक्षा अवधिमा ६३ अर्ब १२ करोड ४४ लाख पुगेको छ । चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंकको कर्जा लगानी ५७ अर्ब ९३ करोड ४७ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ५२ अर्ब ५१ करोड ९२ लाख कर्जा लगानी गरेको थियो ।

बैंकले खराब कर्जामा वृद्धि भएकाे छ । गत वर्ष १.७८ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षमा घटेर १.९२ प्रतिशत कायम भएको छ । त्यस्तै बैंकको सिसिडि रेसियो ७२.९५ प्रतिशत, पुँजीकोष अनुपात १२.९५ प्रतिशत रहेको बैंकको कोषको लागत ७.३६ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ४.८ प्रतिशत र आधार ब्याजदर ९.९२ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९७ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ५६ रुपैयाँ ४२ पैसा र मुल्य आम्दानी अनुपात १०.१६ गुणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री