राजधानीका यी स्थानमा आज ९ घण्टा बत्ती नआउने
समयपोष्ट
२०७६ माघ २२ गते १०:२५
आज राजधानीका विभिन्न स्थानमा ९ घण्टा बिद्युत आपूर्ति बन्द हुँने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बुधबार धापासी र बुढानिलकण्ठ फिडरबाटबिद्युत आपूर्ति बन्द हुँने छ ।
बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म उक्त फिडरबाट बिद्युत आपूर्ति हुने वसुन्धारा ,श्रीटाेल, सामाखुशी चाेक, रानीबारी ,गाेंगबु चाेक ,टोखा राेड हुँदै ग्राण्डी हस्पीटल लगायतका क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द हुने छ ।
चक्रपथ विस्तारको क्रममा रुख काटिन लागेकोले बिद्युत आपूर्ति बन्द गर्नु परेको प्राधिकरणले जनाएको छ । यद्यपि ४ बजेसम्म भन्दा अगावै रुख कटानको कार्य सकिएमा त्यस भन्दा अगाडी नै बिद्युत आपूर्ति नियमित हुने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया