सोमबार, १७ वैशाख २०८१

चीनले दश दिनमा यसरी तयार पार्यो १ हजार शैय्याको अस्पताल (फोटोफिचर)

समयपोष्ट २०७६ माघ २० गते ११:४७

Advertisement

कोरोना भाइरस संक्रमितको उपचारका लागि चीनले दश दिनमा अस्पताल तयार गरेको छ ।

चीनको हुबेइ प्रान्तको वुहानमा निर्मित १ हजार शैय्याको हुओसेन्सान अस्पताल आइतबार हस्तान्तरण गरिएको छ । उक्त अस्पतालमा सोमबारबाट चिनियाँ सेनाका १४ सय मेडिकल स्टाफले उपचार सुरु गर्ने सिन्ह्वाले जनाएको छ ।

तीमध्ये ९५० जना चीनको जनमुक्ति सेनाको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् भने ४५० जना सेना, जलसेना र वायुसेनाका मेडिकल विश्वविद्यालयका स्वास्थ्यकर्मी रहेका छन् ।

वुहानको दक्षिण पश्चिममा रहेको झियान ताल नजिकै निर्माण गरिएको यो अस्पताल गत जनवरी २३ बाट बनाउन सुरु गरिएको थियो ।

हालसम्म चीनमा नोवल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६२ पुगेको छ ।

गत डिसेम्बरमा पहिलो पटक संक्रमण देखिएयता आइतबार बिहानसम्म चीनमा मात्रै तीन सय ६१ जनाको मृत्यु भइसकेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । मृत्यु हुनेमध्ये अधिकांश हुबेई प्रान्तका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री