बिहीबार, ३ जेठ २०८१

प्रियंकाका पुर्व प्रेमि साहिदले निकलाई दिए यस्तो सुझाव

समयपोष्ट २०७५ पुष २३ गते १४:५९

Advertisement

प्रियंका चोपडाका पुर्व प्रेमि साहिद कपुरले प्रियंकाका श्रीमान् निक जोनसलाई सल्लाह दिएका छन् । उनले करण जोहरको कार्यक्रम कफी विद करणमा करणले प्रियंका चोपडा र निक जोनसलाई कस्तो सल्लाह दिन चाहनुहुन्छ भन्ने प्रश्नमा झट्पट उत्तर दिदै भने ‘म निकलाई यो भन्न चाहन्छु कि यो सम्बन्धबाट कहिले पनि बाहिर आउन नखोज्नु किनभने अहिले उनी जोसँग छन् उनी पूर्ण रुपमा ‘देसी गर्ल’ हुन् । यति भनेपछि शाहिदले क्यामरातर्फ आँखा झिम्काए ।

कार्यक्रममा उनी भाइ इशान खट्टरसँगै पुगेका थिए । कार्यक्रमको टिजर सोसल मिडियामा सार्वजनिक भइसकेको छ । टिजर भिडियोमा शाहिद ईशानलाई जान्ह्वीको नाम लिएर जिस्काउँछन् । यस्तै, ईशानले पनि दाइलाई उनले जान्ह्वीको नम्बर कुन नाममा सेभ गरेका छन् भनेर देखाउँछन् । टिजरमा स्टार दाजुभाइको जोडी निकै मज्जाको देखिएको छ ।

प्रियंका र साहिदको सम्बन्ध कुनै बेला बलिउडको ‘टक अफ द टाउन’ थियो । तर अब स्थिती फेरिएको छ । प्रियंका चोपडाले केही महिनाअघि मात्रै अमेरिकी गायक निक जोनसँग विवाह गरेकी छिन् भने शाहिद कपुरले पनि केही वर्षअघि मिरा राजपुतसँग विवाह गरेर एक छोरा र एक छोरी जन्माएर आफ्नो परिवार पूरा गरिसकेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री