बिहीबार, ३ जेठ २०८१

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी माछापुच्छ्रेको ८ शाखा रहित बैंकिंग सेवा सञ्चालनमा

समयपोष्ट २०७५ पुष २२ गते १४:०६

Advertisement

माछापुच्छ्रे बैंक लिमिटेडले एकैपटक ८ शाखा रहित बैंकिंग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आइतबार खोटाङ्ग जिल्ला स्थित हलेसी तुबचुङ्ग नगरपालिकाको अर्खौले र राजापानीमा २, डडेलधुरा जिल्ला स्थित वागेश्वर गाँउपालिकाको रुपाल र गन्यापधुरा गाँउपालिकाको बदलमा २ शाखा रहित बैंकिंग सेवा सञ्चालनमा ल्याएको हो ।

त्यस्तै बैंकले भोजपुरमा पर्ने ट्याम्के मैयुङ् गाँउपालिकाको कोट र पाँचधारे, सदानन्द नगरपालिको साङ्पाङ् र पौवाडुङ्मा गाउँपालिकाको च्याङ्रे ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

यी सहित बैंकले हालसम्म ५२ शाखा रहित बैंकिंग सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । उक्त शाखाबाटहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी , साथै कर्जा आवेदन गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

Advertisement

हाल बैंकले ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहकहरुलाई बैंकिंग सेवा उपलब्ध गराउँदै आएको छ । बैंकको देशभर ११० वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री