शुक्रबार, ४ जेठ २०८१

हड्डी बलियो बनाउँछ रगत कम हुँनबाट जोगाउछ यस्ता छन् मकैंको पिठोका अन्य फाइदा

समयपोष्ट २०७५ पुष १८ गते १७:५२

Advertisement

स्वास्थ्यका लागि मकैंको पिठोबाट बनेको खानेकुरा निकै लाभदायक मानिन्छ । मकैलाई शरीरले सहजै पचाउन सक्छ । यो ग्लूटिनरहित हुन्छ । बिशेषगरी एनिमियाका बिरामीको शरीरमा रक्तकोषिका उत्पादन बढाउन यसले महत्वपुर्ण भुमिका निर्वाह गर्छ । त्यसकारण पनि एनिमियाका बिरामीका लागि मकैंको पिठो निकै लाभकारी मानिन्छ । मकैंंमा भएको जिंक, फलाम तत्व, बिटा क्यारोटिनले रक्तकोषिका उत्पादनमा सहयोग गर्छ ।

म्याग्निसियम र आइरनले भरिपूर्ण मकैको रोटी नियमित खानाले हड्डी निकै बलियो बन्छ । यसका अलावा मकैका हुने जिंक र फस्फोरस तत्वले अर्थराइटिस, अस्टियोपोरोसिस जस्ता रोगबाट टाढै राख्छ । मकैको रोटीलाई शरीरले सहजै पचाउँछ । मकैको पिठोबाट बनेको खानाले एसिडिटी, कब्जियत, पेटसँग सम्बन्धित समस्यालाई निकै राम्रो गर्छ । यसमा हुने फाइबरले यी समस्यालाई टाढा भगाउँछ ।

मकैलाई पानीमा उमाल्ने र उम्लेको पानीमा मिस्री मिसाएर पिउँदा पिसाब पोल्ने समस्या ठिक हुने चिकित्सकहरु बताउँछन् । सुरुमा उसिनेको मकैलाई चपाउने र मिस्री मिसाएको पानी सेवन गर्दा मिर्गौला र मुत्र प्रणालीलाई समेत राहत मिल्ने चिकित्सकहरुको भनाइ छ । मिर्गौलाको पत्थरी हुनबाट पनि यो पानीले बचाउँछ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री