आइतबार, २३ वैशाख २०८१

सेयर बजार घट्ने क्रम रोकिएन

समयपोष्ट २०७५ पुष १८ गते १५:५४

Advertisement

सेयर बजार आज पनि उकालो लाग्न सकेन । आज नेप्से परिसुचक ५.४२ अंकले घटेर ११८०.४३ विन्दुमा झरेको छ । आज सेयर बजारमा १ सय ५४ कम्पनीका ७ लाख कित्ता सेयर २५ करोड रुपैयाँ बरारबमा किनबेच भएको छ । आज सबैभन्दा धेरै चिलिमे हाइड्रो पावर कम्पनीको सेयर किनबेच भएको छ ।

ऋाज दुई समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु घटेका छन् । आज ब्यापार समुह २.७९ र लघुवित्त समुह ६.५९ अंकले बढेका छन् । आज बाणिज्य बैंक समुह ४.४४,होटल ५.७९,विकास बैंक ३.०९,जलविद्युत १२.६२,फाइनान्स ०.८६,र्निजिवन बिमा ८.४३,उत्पादनमुलक समुह ९.२१,अन्य ५.६८ र जीवन बिमा समुह ६८.३९ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री