शुक्रबार, ४ जेठ २०८१

आफ्नो उपचारका लागि पतञ्जली समेत पुगेका थिए कादर खान

समयपोष्ट २०७५ पुष १८ गते १२:२४

Advertisement

कादर खान करिब दुई वर्ष पहिले स्वामी रामदेवको हरिद्वारस्थित पतञ्जली केन्द्रमा आफ्नो उपचारका लागि पुगेका थिए । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले बताएअनुसार,‘जब उनको स्वास्थ्यमा धेरै सुधार आएको थियो ।’

बालकृष्ण बताउँछन् कि, ‘उनी यहाँ उपचारका लागि आएका थिए । उनका छोरा पनि साथमै थिए । हामी सबैले उनको खुबै सेवा गर्यौं । तब उनी धेरै खुसी थिए । सुन्नमा आयो कि जब उनको बोली बन्द भयो । साथै उनी हिँड्न पनि सक्दैन थिए ।’

उनी अझै भन्छन्, ‘उनी जब यहाँ आए मस्किलले धेरै कम र विस्तारै बोल्न सक्दथे । तर हाम्रो उपचारले उनलाई धेरै फाइदा भइरहेको थियो । र उनी ठिकसँग बोल्न थाले । यहाँ सबै ठिक थियो कि उनी सिधा उभिनँ पनि सक्दैन थिए । तर उहाँको उपचारपछि उनी चल्न थाले । केही हिँड्न पनि थाले ।’

आचार्य बालकृष्ण भन्छन्, ‘उनको मुख्य विमारी अलजाइमर थियो । संसारमा अलजाइमरको जराबाट अन्त्य गर्ने कुनै पनि उपचार विधि छैन् । तर उनलाई हाम्रो उपचारले धेरै फाइदा पुगेको थियो ।’

Advertisement

बालकृष्ण याद गर्दै भन्छन्, ‘उनी हामीसँग सायद १० वा १५ दिन यहाँ बसे होला तर म उनलाई चिन्दिन थिएँ । उनको व्यवहार धेरै राम्रो थियो । उनी रोमान्टीक मान्छे थिए । धेरुै यताउता गर्ने, धेरै गफगाफ गर्ने उनी धेरै कहानी पनि सुनाउँथें ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री