शुक्रबार, ४ जेठ २०८१

यी हुन् काँचो केरा खानुका फाइदा

समयपोष्ट २०७५ पुष १७ गते १४:४८

Advertisement

तौल घटाउन सहयोगी : तौल घटाउन चाहनेहरूले दैनिक एक कोसा काँचो केरा खानु राम्रो हुन्छ । यसमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । जसले अनावश्यक बोसोलाई हटाई शरीरमा भएको बिकारयुक्त पदार्थलाई पनि सफा गर्छ ।

कब्जियतमा आराम : काँचो केरामा फाइबर र स्वास्थवर्धक स्टर्च पाइन्छ । जसले आन्द्रामा कुनै पनि प्रकारको विकारयुक्त पदार्थलाई जम्मा हुन दिदैँन । त्यसैले कब्जियतको समस्या भए काँचो केरा खानु लाभदायक हुन्छ ।

भोक लाग्न दिदैँन : काँचो केरामा पाईने फाइबर र अन्य पोषक तत्वले भोकलाई नियन्त्रण गर्छ । काँचो केरा खानाले बेला–बेलामा लागि रहने भोक हराएर जान्छ ।

मधुमेहलाई नियन्त्रण गर्छ : मधुमेहको शुरुवाती क्रममा नै काँचो केरा खान थाल्नु भयो भने मधुमेह नियन्त्रणमा रहन्छ ।

Advertisement

पाचन पक्रियालाई राम्रो बनाउँछ : काँचो केरा नियमित खानाले पाचन पक्रिया राम्रो बन्छ । काँचो केरा खानाले पाचन प्रक्रियामा सहभागि पाचनझोललाई सक्रिय बनाइराख्छ । यसबाहेक काँचो केरा खानाले अनेक प्रकारका क्यान्सरबाट पनि बचाउनमा सहयोगी हुन्छ । काँचो केरामा पाइने क्याल्शियमले हड्डीलाई बलियो बनाउने काम पनि गर्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री