शुक्रबार, ४ जेठ २०८१

सारा अली खानले ‘सिंंबा’ मा काम पाउन के सम्म गरिनन्

समयपोष्ट २०७५ पुष १७ गते १४:३८

Advertisement

बलिउड अभिनेत्री सारा अली खानले फिल्म ‘सिंंबा’मा काम पाउन निकै पापड बेल्नु परेको बताएकी छिन् । फिल्म ‘सिंंबा’को प्रमोशनको क्रममा उनले यो फिल्ममा काम पाउन निर्माता तथा निर्देशक रोहित शेट्टीसँग हात जोडेर काम मागेँको बताइन् ।

उनले सुरुमा फिल्म दिलाइदिन रोहित शेट्टीलाई बारम्बार म्यासेज गरे पनि कुनै जवाफ नआएको उल्लेख गर्दै धेरै म्यासेज गरेपछि रोहितले भेट्न बोलाएको बताइन् । उनले फिल्मका लागि सुपरहिरो रोहित शेट्टी र रणवीर सिंहसँग काम गर्न पाउँदा निकै गर्वको महशुष भएको भन्दै उनले भनिन्, ‘मैले आफूलाई भाग्यमानी ठानेकी छु । यो ‘सिंबा’ मेरो दोस्रो फिल्म हो ।

पहिलो फिल्म ‘केदारनाथ’ मा मैले धेरै उतार चढाव देखे, त्यतिवेला कसैलाई थाहा थिएन अब के हुन्छ भनेर तर पनि म त्यही नै बेला फिल्म माग्न गए । मैले बारम्बार रोहित सरलाई म्यासेज गरेकी थिए । त्यसको केहि समयपछि म्यासेजको जवाफमा उहाँले भेट्न बोलाउनुभयो ।’

उनले अगाडि भनिन्, ‘ एक दिन म सरासर उहाँको अफिस गएँ । उहाँले सायद कल्पना पनि गर्नुभएको थिएन होला कि म एक्लै आउँछु भनेर । म उहाँको म्यानेजमेन्टसँग नभेटी, मेरी मम्मीलाई नलिई सिधा सेतो रङको कुर्ता सुरुवालमा एकदमै सरल भएर गएकी थिए । मैले वास्तवमै उहाँको अगाडि हात जोडेर काम मागेँ ।’

Advertisement

सारा अली खान र रणवीर सिंह अभिनित फिल्म ‘सिंबा’ २८ डिसेम्बर प्रदर्शनमा आउने छ । यस फिल्मका निर्देशक रोहित शेट्टी हुन् । फिल्ममा सोनू सूद, वृजेश हिरजे, प्रकाश राज र आशुतोष राणाको मुख्य भूमिका रहेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री