आइतबार, २३ वैशाख २०८१

आज सिटिजन्स र सांग्रिला बैंकसहित पाँच कम्पनीको बोनसपछि शेयरमूल्य समायोजन

समयपोष्ट २०७५ पुष १७ गते १४:०४

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज पाँच कम्पनीको बोनसपछि शेयरमूल्य समायोजन भएको छ । सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनसका लागि बुकक्लोज गरेसँगै नेप्सेमा एकैदिन पाँच कम्पनीको शेयरमूल्य समायोजन हो।

Advertisement

नेप्समा मंगलबार सिटिजन्स बैंक इन्टरनेशनल, सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक,समीट लघुवित्तको र हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलको ३.६ प्रतिशत बोनस शेयर पश्चात समायोजित शेयरमूल्य प्रतिकित्ता २१० रुपैयाँ ४२ पैसा कायम भएको छ । नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा बैंकको औसत आधार मूल्य ३०२ रुपैयाँ २१ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको ४ प्रतिशत बोनस शेयर पश्चात प्रतिकित्ता १४३ रुपैयाँ २७ पैसामा शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा बैंकको औसत आधार मूल्य १८६ रुपैयाँ १३ पैसा कायम भएको छ ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १ प्रतिशत बोनस पश्चात प्रतिकित्ता १२० रुपैयाँ ७९ पैसामा शेयरमूल्य समायोजन भएको छ । यस विकास बैंकको औसत आधार मूल्य १७४ रुपैयाँ ४० पैसा कायम भएको छ ।

Advertisement

समीट लघुवित्तको २३.५३ प्रतिशत बोनस पश्चात प्रतिकित्ता ७३९ रुपैयाँ ९० पैसामा शेयरमूल्य समायोजन भएको छ । लघुवित्तको १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा औसत आधार मूल्य ११५७ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत बोनस पश्चात प्रतिकित्ता १५४ रुपैयाँ ५५ पैसामा शेयरमूल्य समायोजन भएको छ । कम्पनीको नेप्सेमा १८० दिनमा कारोबार भएको शेयरको औसत आधारमूल्य प्रतिकित्ता १२७ रुपैयाँ २७ पैसा निर्धारण भएको छ । मंगलबार यी पाँचै कम्पनीको नेप्सेले समायोजन गरेको शेयरमूल्यका आधारमा शेयर कारोबार खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री