मंगलबार, ६ साउन २०८२

चन्द्रागिरि हिल्सले १५ लाख कित्ता साधारण सेयर जारी गर्ने

समयपोष्ट २०७५ पुष १७ गते १३:२६

चन्दागिरि केवलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्सले १५ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबर शेयर प्रभावित र आम सर्वसाधारणको लागि जारी गर्ने भएको हो ।

कम्पनीले प्राथमिक सेयर निष्काशनको प्रस्ताब सहित पुस ३० गते ९औं वार्षिक सधारणसभा डाकेको छ। कम्पनीले वार्षिक साधारणसभामा प्रवन्धपत्र र नियमावलि संसोधन गरि जारी पूँजी एक अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताब गरेको छ।

कम्पनीले यसअघि नै सार्वजिक शेयर निष्काशन गर्ने योजना बनाएको भए पनि धितोपत्र तथा सार्वजनिक सेयर निष्काशन सम्बन्धि नियम अनुसार कम्तिमा पनि दुई आर्थिक बर्षको लेखापरिक्षण गर्नु पर्ने नियमले गर्दा पछाडि धकेलिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री