बिहीबार, १३ वैशाख २०८१

सडक विस्तार गर्दा धुवाँधुलो न्यूनीकरण गर्ने विधि अपनाउँ : सर्वोच्च

समयपोष्ट २०७३ माघ १८ गते ५:२९

सडक विस्तारको क्रममा हुँने गरेको वायु प्रदुषणबारे परेको रिटमा सर्वोच्च अदालतले मुख खोलेको छ । वायु प्रदुषणबारे अदालतमा परेको रिट निवेदनको सुनुवाई गर्दै सोमबार सर्वोच्च अदालतले सडक बनाउँदा धुँवाधुलो नउड्ने विधि प्रयोग गर्न अन्तरिम आदेश जारी गरेको छ। 

Advertisement

काठमाडौँको सडक निर्माणका कारण वायु प्रदूषण बढेको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले जारी गरेको निवेदनमा अदालतले सुनुवाई गर्दै काठमाडौँ उपत्यकाको सडक निर्माण गर्दा धुवाँधुलो न्यूनीकरण गर्ने विधि अपनाएर मात्र निर्माण गर्न सम्बन्धित निकायलाई अन्तरिम आदेश दिएको हो । 

न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले सोमबार सडक विभाग, मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको हो । आदेशमा तत्काल धुलो न्यूनीकरण भए,नभएको निरीक्षण र अनुगमन गर्न,गराउन समेत भनिएको छ । रिङरोड , कलंकी- थानकोट सडक विस्तार र मेलम्ची खानेपानी पाइप विस्तारका कारण धुलोले आम सर्वसाधारण मर्कामा पर्ने गरेका छन् ।  

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री