शनिबार, १५ वैशाख २०८१

पोखराकी दिपेश्ना हमाल भइन मिस कलेजेज नेपाल–२०१७

समयपोष्ट २०७३ माघ १८ गते ४:३९

‘दोस्रो मितवाना मिस कलेजेज नेपाल–२०१७’ को उपाधि पोखराकी दिपेश्ना हमालले जितेकी छन् । आफ्ना ४२ प्रतिस्पर्धीलाई पछि पार्दै उनल दिपेश्नाले उपाधिसहित विभिन्न उपहार प्राप्त गरिन् । उनले कन्जेनियालिटीको उपाधि पनि हासिल गरिन् ।

Advertisement

यस्तै, फस्र्ट रनर अपको उपाधि बूढानीलकण्ठ काठमाडौंकी रविना थापा र सेकेन्ड रनर अपको उपाधि काठमाडौंकी निकुञ्ज मोक्तानले हासिल गरे । मर्मेड इभेन्ट एन्ड इन्टरटेनमेन्टद्वारा आयोजित मिस कलेजेज नेपालमा बेस्ट पर्सनालिटी जाङ्मु लामा शेर्पा, बेस्ट वाक समृद्धि रेग्मी, बेस्ट स्माइल रूपा घले, मोस्ट चार्मिङ सहारा सिलवाल, मिस पङ्चुअल सोफिया बजगाईं , बेस्ट स्पिच अवन्तिका फुयाँल घोषित भए ।

यस्तै, मिस इन्नोसेन्ट सालु रौनियार, मिस फोटोजेनिक सायरा शाक्य, म्याजेमेन्ट च्वाइस दीक्षा रौनियार, फेस अफ मितवाना नेहा लिम्बू, मिस ट्यालेन्ट अनुरा शाही, भ्युअर्स च्वाइस सलिना गुरुङ र पब्लिक च्वाइस प्रतीक्षा प्रसार्इं भए । सो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री