शुक्रबार, १४ वैशाख २०८१

माईकल ज्याक्सनकी छोरीको खुलासा ,चौध बर्षको उमेरमै यौन उत्पिडनमा परे (फोटोफिचर)

समयपोष्ट २०७३ माघ १३ गते ८:३५

माईकल ज्याक्सनकी छोरी पेरिस माईकल क्याथरिन ज्याक्सनले उनी चौध बर्षको उमेरमा यौन उत्पिडनमा परेको खुलासा गरेकी छिन् । उनले एक लिडिंग म्याग्याजिनमा दिएको अन्र्तवार्ता अनुसार चौध बर्षको उमेरमा एक अपरिचित ब्यक्तिबाट उनी यौन उत्पिडनको शिकार बनेकी थिईन् । 

Advertisement

2f

उनले म्याग्याजिनमा पिताको मृत्यु पछि कर्यौ पटक आत्महत्याको कोशिश गरेको समेत बताईन् । उनले पिता माईकल ज्याक्सनको मृत्यु पछि उनको आत्मविश्वास गिर्दै गएको र कर्यौ पटक उनले शरीरलाई हर्ट गर्न शरीरको केही अंग काट्ने गरेकी थिईन् । उनी त्यतिबेला  मृत्यु मात्र चहान्थिन् । उनले गर्ने गरेका यस्ता कार्य भने उनले परिवारबाट गोप्य राख्ने गरेको बताईन् । 
अन्र्तवार्तामा पेरिसले उनका पिता ज्याक्सनलाई मारिएको बताउँदै डाक्टर कोनराड म्युरे ज्याक्सनको मृत्युको कारण रहेको बताईन् । पेरिसले भनिन्,"डाक्टर कोनराडको कारणनै मेरो बुवाको मृत्यु भएको हो ,मेरो बुवालाई मारिएको हो "।

1f

 

 
पेरिस ज्याक्सनको जन्म ३ अप्रिल १९९८ मा भएको थियो । उनको आमाको नाम डेबि रो हो । डेबिसंग माईकललको १९९९ मा डिभोर्स भएको थियो ।

त्यसपछि छोरीको जिम्मा अदालतले ज्याक्सनलाई नै दियो । पेरिसलाई माईकलले एक्लै हुर्काएका थिए । ज्याक्सनको पेरिस पछि पेरिस माथिका एक छोरा पनि छन् ।

3f

सन् २००९ मा माईकलको मृत्यु पछि पेरिस र उनका दाजुलाई माईकलकी आमा क्याथरिनले लालन पालन गरेकी थिईन् । 

4f

पेरिसले केही टिभी सिरियलहरुमा पनि काम गरिसकेकी छिन् । उनी एक्ट्रेस भन्ने सोचमा अगाडी बढ्दै छिन् । 

5f

प्रतिक्रिया

सम्बन्धित सामाग्री