बुधबार, १२ वैशाख २०८१

गोर्खाज फाइनान्सले ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने ,एनआइबिएल क्यापिटल मार्केट्सलाई बिक्री प्रबन्धक नियुक्त

समयपोष्ट २०७३ माघ ११ गते ६:०३

गोर्खाज फाइनान्सले ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ। शेयर निस्कासनका लागि फाइनान्सले  एनआइबिएल क्यापिटल मार्केट्सलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

Advertisement

शेयर निस्कासनसम्बन्धि सम्झौतापत्रमा  फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार राई र एनआइबिएलका महाप्रबन्धक मेखवहादुर थापाले हस्ताक्षर गरेका छन्। फाइनान्सको २२औं बार्षिक साधारणसभाले दुई बराबर एक हकप्रद सेयर निस्कासन गर्ने निर्णय गरेको थियो।
फाइनान्सले १०० रुपैयाँ अंकित दरका २८ लाख ९३ हजार ३१३ कित्ता शेयर निस्कासन गर्न लागेको हो। अहिले फाइनान्सको चुक्ता पूँजी ५७ करोड ८६ लाख रुपैयाँ छ। हकप्रदपछि पूँजी ८६ करोड ८० लाख रुपैयाँ पुग्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री