बिहीबार, १३ वैशाख २०८१

नेपाल बैंकले हकप्रद निश्कासन गर्दै,बैंकको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल

समयपोष्ट २०७३ माघ ६ गते ५:४५

नेपालकै जेठो  बैंक नेपाल बैंक लिमिटेडले  १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकको ५६ औं वार्षिक साधारण सभाबाट पारित हाल कायम चुक्ता पूँजीको प्रति कित्ता १ सय बराबर २३.७४ कित्ता हकप्रद सेयर बैंकले निष्काशन गर्ने भएको हो । चुक्ता पूँजी ६ अर्ब ५० करोड रहेको बैंकले हकप्रद सेयर निश्काशनकर्ता तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटललाई  नियुक्त गरेको छ । बुधबार निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह तथा सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पराग बिष्टले हस्ताक्षर गरेका छन् ।  हकप्रदपछि  बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैंया पुग्नेछ ।

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री