प्रभु बैंकको सफलता यसरी भयो सम्भव
प्रभु बैंक लिमिटेडले डुबेका कर्जा असुली गरी १ अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म २८ करोड रुपैयाँ मात्र खुद नाफा गरेको थियो ।बैंकको नाफा गत बर्षको पुससम्म जम्मा ४० करोड ५६ लाख रुपैयाँ मात्र थियो । ५ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रभुले खराव कर्जा अनुपातलाई पनि घटाएको छ । खराब कर्जाले डुबेको ग्राण्ड बैंकलाई गाभ्दा बैंकको केही मात्रामा निस्क्रिय कर्जा बढेर ७.५४ पुगेको थियो । अहिले दोस्रो त्रैमासमा सो घटेर साढे ४.८८ प्रतिशतमा झरेको छ ।
बैंकले डुबेकोमध्ये १ अर्ब १३ करोड रुपैयाँ खराब कर्जा उठाएको छ । बैंकले खुद ब्याज आम्दानी बाटै १ अर्ब ४४ करोड रुपैयाँ कमाएको छ । बैंकले साढे १८ करोड सम्भावित जोखिममा राखेको छ । बैंकले साढे १८ करोड ऋणको नोक्शानी व्यवस्थापन गरेको छ । बैंकको पूँजी कोष अनुपात ११.१० प्रतिशत छ । बैंकसँग सर्वसाधारणको ७० अर्ब २१ करोड निक्षेप छ भने ५६ अर्ब ५२ करोड बैंकले कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया