शुक्रबार, १६ चैत २०८०

सान्जेन हाइड्रोपावरले ८७ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्दै

समयपोष्ट २०७३ माघ ३ गते १०:३१

रसुवामा अवस्थित सान्जेन हाइड्रोपावरले  ८७ लाख ६० हजार कित्ता  साधारण सेयर निष्कासन गर्ने भएको छ । आइतबार नागरिक लगानी कोष र सान्जेनवीच सेयर निस्कासन सम्झौता भयो ।  सम्झौतामा सेयर निष्कासन तथा बिक्री प्रबन्धकको तर्फबाट कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र सान्जेनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । कम्पनीले प्रतिकित्ता १ सयको दरले  ८७ लाख ६० हजार कित्ता सेयर निस्कासन गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ । सम्झौता अनुसार समूह ‘ग’ का ऋणदाता कर्मचारीको लागि छुट्टयाइएको १ % तथा संस्थापक सेयरधनी संस्थाका कर्मचारीको लागि ३.५% र ‘घ’ अन्तर्गतका कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारीलाई छुट्टयाइएको १९.५ % सेयर पहिलो चरणमा निष्कासन हुनेछ ।  चिलिमे हाइड्रोपावरको सहायक कम्पनी सान्जेनले साधारण सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री