मंगलबार, ११ वैशाख २०८१

स्टाण्डर्ड चार्टड बैंकले एफपिओ निश्कासन गर्ने

समयपोष्ट २०७३ माघ २ गते ७:३६

स्टाण्डर्ड चार्टड बैंकले एफपिओ निश्कासन गर्ने भएको छ । बैंकले  प्रतिकित्ता १२ सय ९० का दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ निश्कासन गर्ने भएको हो ।  बैंकको बिहिबार बसेको संचालक समिति बैठकले १ सय अंकित मूल्यमा ११ सय ९० रुपैयाँ प्रिमियम रकम थप गर्दै एफपिओ निश्कासन गर्ने साधारणसभाको निर्णय पारित गरेको हो । नेपाल धितोपत्र बोर्डमा चाँडै नै यो प्रस्ताव पठाउने बैंकले जनाएको छ । एफपिओको मूल्य निर्धारणका सम्वन्धमा निश्चित मापदण्ड सबै कम्पनीलाई जानकारी गराएको र सोहीअनुरुप निर्धारण गरिएको भए सोही मूल्यमा जारी हुने नेपाल धितोपत्र बोर्डले जनाएको छ । एफपिओबाट कम्पनीले ३ अर्ब ३० करोड रुपैयाँ संकलन गर्नेछ । संकलित रकमबाट बैंकको २५ करोड ५८ लाख रुपैयाँ पुँजी थप हुनेछ ।  

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री