बुधबार, ५ वैशाख २०८१

नेपाल लाइफको एफपीओमा आबेदन दिने आज अन्तिम मिती

समयपोष्ट २०७३ माघ २ गते ५:३०

नेपाल लाइफल इन्स्योरेन्सले निष्काशन गरेको फर्दर पब्लिक अफरिंग (एफपीओ)मा आबेदन दिने आईतबार अन्तिम मिती हो । पुस २७ गतेदेखि नेपाल लाइफ इन्सायोरेन्सले १४२५ रुपैयाँका दरले ४ अर्ब ४१ करोड २४ लाख ११ हजार तीन सय २५ रुपैंया बराबरको ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओ जारी गरेको थियो । शुक्रबारसम्म कम्पनीको  ४६ हजार आबेदकबाट साढे सात करोड रुपैयाँ बराबरको आबेदन परेपछि कुल आबेदन रकम १५ अर्ब नाघेको छ । कम्पनीले निष्काशन गरेको सेयरको अनुपातमा हेर्ने हो भने तीन दिनमा कम्पनीको एफपिओमा परेको आवेदन झण्डै चार गुणाले बढी हो । तीन दिनमा कम्पनीको एफपिओका लागि आबेदन गर्नेहरुको संख्या एक लाख चार हजार भन्दा माथि पुगिसकेको छ । 

Advertisement

कम्पनीको  एफपीओमा न्यूनतम १० कित्ता अर्थात १४ हजार दुई सय ५० रुपैयादेखि र अधिकतम ३० हजार नौ सय ६० कित्ता अर्थात चार करोड ४१ लाख १८ हजार रुपैंयाँसम्मको आवेदन दिन सकिन्छ । कम्पनीको  हाल चुक्ता पुँजी दुई अर्ब १६ करोड रूपैयाँ रहेको छ । एफपीओ निष्काशनपछि कम्पनीको चुक्तापूजीँ दुई अर्ब ४७ करोड रूपैयाँ पुग्नेछ । कम्पनीले एफपीओ बिक्रीबाट आउने थप एक हजार तीन सय २५ रुपैयाँ प्रिमियमबाट संकलन भएको रकम जगेडा कोषमा जम्मा हुनेछ । एफपीओपछि कम्पनीको जगेडा कोषमा कुल ६ अर्ब ६९ करोड ३८ लाख रूपैयाँ जम्मा हुनेछ । एफपिओको प्रिमियमबाट मात्र कम्पनीले चार अर्ब १० करोड २७ लाख रुपैंयाभन्दा बढी रकम जगेडा कोषमा जम्मा गर्नेछ । 

लगानीकर्ताले कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नेपाल लाइफको काठमाडौ शाखा हेरिटेज प्लाज तथा सिद्धार्थ बैंकका सबै शाखा कार्यालय, लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, एनआईबिएल क्यापिटल लाजिम्पाट, कृति क्यापिटल सुन्धारा, काठमाडौ क्यापिटल कमलादी, एस क्यापिटल नक्साल, सिबिआईएल क्यापिटल पुतली सडक तथा ग्लोबल आइएमई क्यापिटल जमलबाट  आवेदन दिन सक्नेछन्  ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री