बुधबार, २६ वैशाख २०८१

साना किसानको २५ प्रतिशत बोनस सेयर प्रस्ताव पारित

समयपोष्ट २०७३ पुष २९ गते ४:०९

साना किसान विकास बैंकको १५ औं वार्षिक साधारणसभाले सेयरधनीलाई बोनस सेयरबापत २५ प्रतिशत प्रतिफल दिने प्रस्ताव पारित गरेको छ । स्थापनाकाल देखिनै नाफामा सञ्चालित यस बैंकले आर्थिक वर्ष ०७१/७२ मा भएको खुद मुनाफा रकम १५ करोड ४० लाखबाट ४५ प्रतिशतको वृद्धिसहित चालू आवमा २२ करोड ३२ लाख पुर्‍याएको बैंकले जनाएको छ । 

Advertisement

साना किसान सहकारी संस्थाहरूलाई ऋणपुँजीको व्यवस्था गर्न कृषि विकास बैंक, नेपाल सरकार, नेपाल बैंक, नविल बैंक र साना किसान सहकारी संस्थाहरूको संस्थापकत्वमा २०५८ सालमा राष्ट्रियस्तरको ‘घ’ वर्गको लघुवित्त बैंकको रुपमा सो बैंक स्थापना भएको हो । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री