शुक्रबार, १४ वैशाख २०८१

नेपाल बंगलादेश बैंकको लघु कर्जा

समयपोष्ट २०७३ पुष २९ गते ४:०४

नेपाल बंगलादेश बैंकले विभिन्न जिल्लामा सञ्चालित महिला समूह, महिला सहकारी, समुहमा आवद्ध विपन्न तथा न्यून आय भएका व्यक्ति र समुदायलाई लघु कर्जा प्रर्वद्धन गर्ने भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रम गरी महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र नेपाल बंगालादेश बैंकले सहुलियत लुघ कर्जा प्रर्वद्धन संझौतामा हस्ताक्षर गरेका छन् ।
पहिलो चरणमा बैंकले दाङ, भैरहवा, नारायणगढ, धादिङ, तेह«थुम र पाँचथरको फिदिमबाट लघु कर्जा प्रवाह गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

Advertisement

मन्त्रालयको महिला तथा बालबालिका विभागका महानिर्देशक नरेश कुमार चापागाई र बैंकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद ढुंगानाले लघु कर्जा प्रवाह सम्बन्धी संझौतापत्रमा हस्ताक्षर गरेका छन् ।
पहिलो चरणमा छनौटमा परेका जिल्लामा चालु आर्थिक वर्षभित्रै पाँच हजार भन्दा बढी लघु उद्यम र व्यवसायीलाई पचास करोड रुपैयाँ लघु कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।
लघु कर्जा परिचालनको सहकार्यबाट बिपन्न तथा न्यून आय भएका व्यक्ति समुह तथा समुदायले स्वरोजगारमुलक उद्यम व्यवसाय गर्न प्रोत्साहन मिल्नुका साथै लक्षित वर्गको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री